मध्ये पूर्वीय पहाडी जिल्लाको व्यापारीक केन्द्र बनेपामा सञ्चालित चेतना नेपाल (रेडियो एवीसी) ८९.८ मेगाहर्जको अध्यक्षमा रमेश प्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । साथै, गत जेठ ३१ गते बसेको रेडियोको बैठकले हरिनाथ न्यौपानेलाई स्टेशन म्यानेजर नियुक्त गरेको छ । २०६४ कात्र्तिक १८ गते देखि निरन्तर प्रसारणमा रहेको काभे्रको पहिलो ५ सय वाट क्षमताको रेडियो एविसीमा स्थापना कालदेखि नै रमेश प्रसाद न्यौपाने कार्य गर्दै आउनुभएको हो । यस अघि उहाँ स्टेशन मेनेजरको जिम्मेवारीमा हुनुहुन्थ्यो भने विगत २६ वर्ष देखि निरन्तर काभे्र टाइम्स साप्ताहिकमा आवद्ध रहि कार्य गर्दै आउनुभएका न्यौपाने विगत १२ वर्षदेखि पत्रिकाको कार्यकारी सम्पादकको समेत जिम्मेवारीमा रहि कार्य गर्दै आउनुभएको छ ।
