छैठौं इन्डो नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिता काभे्रमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सोतोकान कराँते संघले यहि असार ७ गतेदेखि ८ गतेसम्म काभे्र, धुलिखेल काठमाण्डौं युनिभर्सिटिको कर्बड हलमा प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो । प्रतियोगितामा महिला र पुरुष सहित भारतको २५ वटा प्रान्त बाट छनोट गरिएका २५० जना भारतिय खेलाडी तथा नेपाल राज्यभरीका ४९ जिल्लाबाट छनौट गरिएका ३५० जना नेपाली खेलाडी बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समुद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गर्नुहुनेछ । संघका संस्थापक एवं प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठले आगामी दिनहरुमा हुने सार्क एशियाली र ओलम्पिक जस्ता ठुला खेलहरुलाई समेत टेवा पु¥याउने साथै अन्य राष्ट्रसँग भाइचारा सम्बन्ध स्थापित गराउने र काभे्र जिल्लामा पर्यटकिय विकास गराउनु रहेको जानकारी दिनुभयो । कार्यक्रममा संघका सदस्य विधान जोशी, प्रमोद अधिकारी,कार्यक्रम संयोजक फणिन्द्र प्रसाद जंगम, धनेन्द्र कुमार श्रेष्ठ, विना श्रेष्ठ, जय केसी लगायत क्रियासिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
