IMG-LOGO

एमाले काभे्रलाई अब भुर्तेलले हाँक्ने

 मंगल, असार ५, २०८१  ---

 

          एमाले काभे्रको अध्यक्ष्तामा राजन भुर्तेल निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३ सय ८० मत प्राप्त गरी निवर्तमान सचिव रहनु भएका भुर्तेल विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी रहनुभएका निवर्तमान उपाध्यक्ष चन्द्रबहादुर लामाले २ सय ९९ मत प्राप्त गर्नुभएको छ । पदाधिकारीमा भुर्तेलको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रंजितकार र उपसचिव महिलामा सुर्यमाया दनुवार निर्वाचित भएका छन् ।

          लामाको प्यानलबाट अध्यक्षमा आत्मराम थापा, सचिवमा होम चौलागाइ, उपसचिव खुल्लामा पुरुषोतम अधिकारी र उपसचिव महिलामा पवित्रा भुर्तेलले प्रतिश्पर्धा गरेका थिए । विद्युतिय मतदानमा ६ सय ७९ जना प्रतिनिधिले मतदान गरेका थिए । उद्धघाटन सत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर प्रतिश्पर्धा नगर्न निर्देशन दिएपनि उमेदवारले प्यानल नै खडा गरी चुनावी मैदानमा उत्रिएका थिए ।

          अधिवेशनमा नेताहरुले हस्तक्षेप नगर्न अध्यक्षको निर्देशन विपरित पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष अशोक कुमार व्यञ्जु लगाएतका नेता कार्यकर्ता भूर्तेलको पक्षमा खडा भएका थिए भने केन्द्रिय सदस्य रेशम लामा, युवासंघका उपाध्यक्ष अमित लामा लगाएतका युवाहरु लामाको पक्षमा खुलेर लागेका थिए । सर्वसम्मतका लागि जिल्लामा एक पटक पनि छलफल बहस नै नगरी चुनावी मैदानमा होमिने अवस्था श्रृजना गर्न भनेको पार्टीमा योृगदान गर्नेहरुलाई पाखा लगाई एमाले काभे्रलाई कम्जोर बनाउन लागि परेको एक नेताले बताए ।

          जिल्ला कमिटिमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८) सदस्य, समाजसेवी तर्फ १३ सदस्य र खुल्ला तर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित हुनेछन् । लेखा आयोगमा अध्यक्ष , उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित हुनेछन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्