काभ्रे जिल्लामा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमणबाट १७८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जस अन्तर्गत बनेपा न.पा.मा ६५ जना, धुलिखेल न.पा.मा २५ जना, पनौती न.पा.मा ८ जना, पाँचखाल न.पा.मा २५ जना, नमोबुद्ध न.पा.मा ९ जना, मण्डन देउपुर न.पा.मा ३८ जना, चौरीदेउराली गा.पा.मा ६ जना, भुम्लु गा.पा. मा १ जना र तेमाल गा.पा.मा १ जना रहेका छन् ।
काभ्रे जिल्लामा हालसम्म ५ हजार ८९८ जना संक्रमित रहेको र १२४ जनाको मृत्यु भएको र १४० जना डिस्चार्ज भएको बताईएको छ । मृतक मध्ये ३९ जना अन्य जिल्लाको रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । त्यसैगरी तेश्रो चरणको कोरोना विरुद्धको खोप (दोश्रो डोज) सोमबार लगाईएको छ । १ हजार १ सय ७८ जनालाई खोप लगाईएको थियो । यसैगरी गएको २४ घण्टाभित्र देशव्यापी रुपमा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
