IMG-LOGO

धुलिखेल–८ सडक पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख

 मंगल, असार ५, २०८१  ---

          धुलिखेल नगरपालिकाको सडक सञ्जाल विस्तार योजना, स्तर उन्नती र कालोपत्रे गर्ने योजनाले तिव्रता पाएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागि धुलिखेल वडा नं ८को लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । खर्क पोखरी थुम्की, तीन पिप्ले पाँचखाल सडक धु.न.पा —८.५० लाख, अरनिको राजमार्ग ठकुरी गाउँ सडक ५० लाख र मानेगोठ कामपानी सरस्वती मावी हुँदै खावा सडक अरनिको राजमार्ग धुलिखेल—८ गरी १ करोड ५० लाख बजट विनियोजन गरेको कुरा वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो । धुलिखेल नगर प्रमुख अशोक व्यञ्जु, उप प्रमुख निराजन जंगम, धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतमको पहलमा यस अघि खावा, बडालगाउँ कल्छे जाने सडक करीब १ किमी कालो पत्रे भएको छ । आगामी वर्षका लागि बागमती प्रदेश सरकारले वडाको सडक सञ्जालको सडक पूर्वाधारको लागि १ करोड ५० लाख विनियोजनका लागि वडा अध्यक्ष गौतमले पहल कदमी गरेकोमा स्थानीयहरुले धन्यवाद व्यक्त गरेका छन् । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्