IMG-LOGO

रोटरी क्लब धुलिखेल सामुदायिक सेवामा

 मंगल, जेठ २२, २०८१  ---

 

               रोटरी क्लव अफ अलिखेलको आयोजनामा र धुलिखेल अस्पताल दन्त विभागको प्राविधिक सहयोगमा रोटरी सामदायिक संघ पिपलचौरद्वारा नमोबुद्ध नगरपालिका स्थित वडा नम्बर २ जनता आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर, मुख तथा गिजाको उपचार र हेरचाह बारे जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त शिविरमा रोटरी क्लव अफ धूलिखेलका कार्यक्रम संयोजक अशोक कुमार श्रेष्ठ, रोटरीयन सुवास काजी श्रेष्ठ, रोटरीयन मनिष योगल श्रेष्ठ, वर्तमान अध्यक्ष (२०२४–२५) ज्योत्सना सैजु, मुना श्रेष्ठ, रोटरी निस्चल श्रेष्ठ र रोट्याक्टर प्रवेश वानियाको सभागीता रहेको थियो । उक्त शिविरमा उपस्थित बालबालिकालाई दाँत माभ्mन मन्जन र ब्रस प्रयोग गर्न शिविरमा १३२ जना विरामीलाई सेवा प्रदान गरिएका थियो । विरामीका अवस्था हेरि उपचार प्रदान गरिएको थियो । बालबालिकाको दाँतमा फोराइड पनि राखिएका थियो ।

               साथै किशोर किशोरी र महिलाहरुलाई स्वच्छ र सुरक्षित महिनावारी तथा प्रजनन तथा यौन स्वास्थ्य सम्बन्धी जनचेतना मूलक सन्देश मुलक प्रशिक्षण रोटी सामदायिक सघकी अध्यक्ष सुश्री सविना श्रेष्ठले दिएका थिइन । कपडाको पुनः प्रयोग गर्ने, सेनिटरी प्याड ३५ जना महिलाहरुलाई निःशुल्क वितरण गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्