पतंजली योग समिती काभ्रे महिला पतंजली योग समिती काभ्रे र पतंजली योग युवा नेपाल काभ्रेको आयोजनामा यही जेष्ठ १३ गते देखि १७ गते सम्म संचालन भएको वृहत निःशुल्क योग विज्ञान शिविरको समापन भएको छ । कार्यक्रम बागमती प्रदेश सभाका सदस्य कन्चन चन्द्र बादेको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि बादेले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन बनेपाका योग साधक साधिकाको उल्लेखनीय भूमिका रहेको र योग अभ्यासलाई विद्यालय देखि नै शिक्षा दिने उद्धेश्यले विद्यालयको पाठ्य पुस्तकबाट नै योग बारेको कक्षा संचालन गर्नु पर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रमको स्वागत मन्तव्य पतंजलि योग महिला समितिका अध्यक्ष इन्दिरा तौजलेले गर्नु भएको थियो भने स्व शिविरको संचालन पतंजलि योग समिति बागमती प्रदेशका प्रमुख ग्रोवेन तौजलेले योग प्रवचनका साथ योग अभ्यास गराउनुभएकोे थियो । उल्लेखनीय रुपमा जिल्ला भरीका योग साधक साधिका लगायत जनमानसको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व पतंजलि योग समितिका अध्यक्ष प्रकाश कायष्ठले गर्नुभएको थियो भने संचालन पतंजलि योग समितिका महामन्त्री श्याम काुमार श्रेष्ठले गर्नु भएको थियो ।
यसै बिच यहि जेठ २० गतेबाट पाँचखाल नगरमा पाँच दिने योग शिविर प्ररम्भ भएको छ र उक्त शिविरको उद्घाटन स्थानिय अग्रनी तथा समाजसेवी महिला तथा योग साधिका लक्ष्मी अधिकारीले गनुंभएको कार्यक्रममा पतंजलि योग समितिका अध्यक्ष प्रकाश कायष्ठ र पतंजलि महिला योग समितीका अध्यक्ष इन्दिरा तौजलेले मन्तव्य राख्नु भएको कार्यक्रको सभापतित्व पतंजलि पाँचखाल योग समितिका अध्यक्ष केशव बोलाखेको सभापतित्वमा भएको थियो । यसै बिच यहि जेठ २१ गतेदेखि पतंजलि योग समितिको दिव्य भवन बनेपामा ३६ दिने सह योग शिक्षक प्ररम्भ हुने संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।
