काभे्रको पनौती ११ स्थित बलथलीमा अवस्थित कालाग्नी रुद्र पिठ श्री लडकेश्वर महादेवको प्राङ्गण राष्ट्रिय कोटिहोम स्थलमा छैठौं राष्ट्रिय पण्डित सम्मेलन तथा पाचौं राष्ट्रिय धर्मसभा अधिवेशन सफलतपूर्वक सम्पन्न भएको छ । नायव वडा गुरु माधव भट्टराइको सभापतित्व र नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्री कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित पण्डित वरिष्ठ ज्योतिषहरु साथै नेपाल राज्यबाट अधिराज्यबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय धर्म सभा अधिवेशनले पुन वडा गुरु माधव भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
हिन्दु धर्म संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले २०६५ सालमा राष्ट्रिय धर्म सभा नेपालमा स्थापना गरिएको थियो । उक्त अधिवेशनमा राष्ट्रिय धर्म सेवा नेपालले ऊँ कार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्मा हुमागाइलाई कालाग्नी रुद्र पिठाधिशको पदले सम्मान गरेको थियो ।
