IMG-LOGO

प्रजिअ शर्माको कार्यकालमा ६४ हजार ९ सयलाई सेवा प्रवाह

 मंगल, जेठ २२, २०८१  ---

               काभ्रेमा प्रमुख जिल्ला अधिकारी भएर ९ महिना २ दिन कार्यरत सहसचिव रुद्रादेवी शर्माले आफ्नो कार्यकालमा ‘सेवाप्रवाह र सुशासन कायम’ राख्न गरिएका प्रयासहरु सार्वजनिक गर्नु भयो । कार्यक्रम गरेर उनले काभ्रेमा सेवा गर्दा गरेका प्रयासहरुबारे चर्चा गरेकी हुन् । गृह मन्त्रालयको निर्णयले हालै उहाँको बर्दिया सरुवा भएको छ ।

               प्रजिअ शर्माका अनुसार सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको, गैर आवासिय नागरिकता ५१ वटा, आमाको नामवाट १४ वटा नागरिकता जारी भएका छन् भने ४६ जनाले नागरिकता परित्याग गरेका छन् । दैनिक ५ सय जनाका दरले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको शर्माले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र तथा राहदानीको सेवामा टोकन प्रणालीको प्रयोग र निशुल्क कार्यालयवाटै फाराम भरी सेवा दिएको उल्लेख गर्नुभयो । कार्यालयलाई अपांगमैत्री वनाउन र्याम्प र ह्वील चेयरको व्यवस्था गरिएको छ ।

               कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन स्थानीय तह वडावाट गरिने सिफारिसमा एकरुपता ल्याउन तथा शान्ति सुरक्षालाई थप प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरु सहित पाँचखाल, पनौती, नमोवुद्ध, मण्डन देउपुरसहित ४ वटा नगरपालिका र ३ वटा गाँउपालिका गरी ७ पटा पालिकाका प्रमुखहरु वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु तथा वडा सचिवहरुसँग पालिका सम्मै सेवा प्रवाह र शान्तिसुरक्षा सम्वन्धमा अन्तरक्रिया गरिएको बताउनु भयो । निर्माणाधिन कार्यालय भवनको सम्वन्धमा उनी कार्यरत रहेकै अवधीमा सर्वोच्च अदालयतवाट फैसला भएर आगामी वर्षको लागि वजेट विनियोजन भएको र हालको मूल्याङ्कन गरी प्रकृया अगाडि वढाउन शहरी विकास तथा भवन निर्माण विभागमा पत्र पठाइएको शर्माले जानकारी दिनुभयो ।

               अपराध अनुसन्धान, फरार अपराधीको खोजी कार्य र पक्राउमा निरन्तरता दिइएको, महिला बालबालिका तथा ज्येष्ठ नागरिक पीडित भएका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखि अनुसन्धान गरिएको, प्राकृतिक स्रोतको गैरकानुनी दोहन उपर कारवाही गरी २१ लाख ९० हजार असुल गरिएको प्रजिअ शर्माले बताउनु भयो । काभ्रेमा रहदाँको अवधिभर ६४ हजार ९ सय १४ सेवाग्राहीलाई सेवा दिएको बताउनुभयो । प्रजिअ शर्माको बद्रीया सरुवा भएको छ । काभ्रे जिल्लामा अव जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ आउनु हुने भएको छ । प्रजिअ शर्माको विदाइ कार्यक्रमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उप–प्रमुख रिम बहादुर तामाङ, नमबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, कर्मचारी र जिल्लाका क्रियाशिल संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्