IMG-LOGO

फोनिज काभ्रेको मोबाइल पत्रकारिता तालिम

 मंगल, जेठ २२, २०८१  ---

               नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) काभ्रेले आयोजना गरेको ४ दिने मोबाइल पत्रकारिता (मोजो) तालिम बिहीबार सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको मोबाइल पत्रकारिता तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पत्रकारिताको माध्यमले पहिचान र जनजातिको अधिकारका बारे सशक्त रुपमा समाचार प्रकाशन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवा, फोनिजका संघिय अध्यक्ष गजुरधन राई,  वागमति प्रदेश इन्चार्ज पेमा लामा, प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायत विभिन्न संघ संगठनका प्रमुखहरुको सहभागीता रहेको थियो । तालिममा  २० जनाको सहभागीता रहेको थियो भने फोनिज जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा कार्यक्रम समापन भएको  थियो ।

पाँच यातायातका साधन ठक्कर खाँदा दुई गम्भीर घाईते

               अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगामा सातवटा सवारीसाधन एक अर्कासँग ठोक्किएर दुर्घटना भएको छ । जाममा परेको समयमा पछाडिबाट आएको ट्याङ्करले ठक्कर दिंदा पाँच वटा गाडी र दुई मोटरसाइकल एक अर्कासँग ठोक्किदाँ दुर्घटना भएको हो । ट्याङ्करको ठक्करले जाममा रहेको ट्रक, कार, ढुवानीमा प्रयोग हुने पिकअप गाडी र मोटरसाइकल एकअर्कासँग ठोक्किएका थिए । दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ का प्रकाश सापकोटा र स्कुटर चालक बनेपा ५ की देविना कर्मचार्य घाइते भएका छन । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । कारमा सवार पाँचै जना सकुशल रहेको ईलाका प्रहरी कार्यालय काभे्रले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्