IMG-LOGO

राष्ट्रिय प्रहरी प्रतिष्ठानको २६ प्रतिशत भौतिक प्रगति

 मंगल, जेठ २२, २०८१  ---

               बनेपा, राष्ट्रिय प्रहरी प्रतिष्ठान पनौतीको निर्माणधिन भवनको भौतिक प्रगति २६ प्रतिशत भएको जनाएको छ । भारत सरकारको १० अर्व १ करोड ५० लाख लागतमा २ वर्ष अघि निर्माण थालनि गरिएको उक्त भवन ९ब्ऋक्ष्ी(च्ऋएी ९व्ख्० निर्माण कम्पनीले २०२२ जुलाई १३ मा सम्झौता गरेर निर्माण कार्य प्रारम्भ गरेको हो । २०२५ जुलाई १३ मा ३ वर्ष भित्र कार्य सम्पन्न गर्नु पर्ने हुन्छ । आईतबार गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय प्रहरी प्रतिष्ठान पनौती काभे्रको निमार्णधिन भवनहरुको भौतिक पूर्वाधारको अनुगमन गर्नुभयो । गृहमन्त्री लामिछानेले भवनको संरचना निर्माण कार्य अलि सुस्त गतिमा भएको हुँदा यसलाई थप तदारुकताकासाथ कार्य अघि बढाउन पहल कदमी लिन निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । निर्धारित समय सिमा भित्र भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्न प्रहरी संगठन, गृहमन्त्रालयले खेल्नुपर्ने भुमिकामा दत्तचित्त भएर लाग्ने गृहमन्त्री लामीछानेले बताउनुभयो । प्रहरीहरुको कार्य प्रभावकारीता, सक्षमता विकास हुने क्षमता अभिवृद्धि हुने प्रहरी प्रतिष्ठान निर्माणलाई तिव्रता दिन निर्माण कम्पनी र प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो । प्रतिष्ठानका लागि करीब ६ सय ५० रोपनी क्षेत्रफलमा प्रशासनीक भवन, कर्मचारी आवास ३५ वटा कक्षाकोठा सहित तालिम कक्ष, प्रयोग शाला २ वटा तालिम हल, खेलकुद कम्प्लेस, सपिङ कम्प्लेस, बैंक एटीएम, ओलम्पीक क्षमताको स्वीमिङ पुल, २४ बेडको अस्पताल, हेलीप्याड, हतियार भण्डारण कक्ष बन्ने छ । कम्पनीका प्रमुख इन्जीनियर राजेश कुमारले ठेक्का रकमको १० प्रतिशत दिएकोलाई आधार मान्ने हो भने ३० प्रतिशत भौतिक प्रगति भएको उल्येख गर्नुभयो । कार्यक्रममा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, आईजीपी बसन्त बहादुर कुँवर, एआईजिपी टेकबहादुर राई, प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना, क्रियासिल सञ्चारकर्मीहरुको सहभागीतामा निर्माणधिन प्रहरी प्रतिष्ठानको भौतिक पूर्वाधारको अनुगमन गरिएको थियो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्