IMG-LOGO

निर्देशक थापालाई प्रहरीले समात्यो

 मंगल, जेठ २२, २०८१  ---

फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले समात्येको छ । हिजो सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा थियो ।

               आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । हिजोदेखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्