सहकारी खोलेर जनताको पैसा अपचलन गरि लुकिछिपी बसेका सिबी (चन्द्रबहादुर ) लामालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काङ्ग्रेस काभ्रेका पुर्व कोषाध्यक्ष समेत रहिसकेका लामा काभ्रे तिमाल नारायणथानका बासिन्दा हुन् । लामा हात्तीछाप चप्पल पड्काउदै काठमाडौं छिरेको एक दशकमा मालामाल भएका थिए । उनको ज्यु हजुर भन्ने मान्छेहरुको लाम थियो । शुरुमा बिज्ञापन एजेन्सी चलाएका चतु¥याइँ जान्ने लामालाई धेरैले बाहुनको अनुहार गरेको ..... भन्थे ।
पछिल्लोपल्ट गएको मङ्सिर १६ मा धुलिखेल नगरपालिकाको सभा हलमा नक्कली कपाल, ओभरकोट, मुखमा मास्क र पावरवाला चस्मा लगाएर नेपाली काङ्ग्रेस काभ्रेका अग्रजहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा प्रकट भएका लामा लुकिछिपी उपत्यका बाहिर बस्थे । प्रहरीले नेपाल भारत सीमा चितवनको ठोरीबाट पक्राउ गरेर सार्वजनिक गरेको थियोे । सिबी विरुद्ध ९५२ जना बचतकर्ताको आठ अर्ब भन्दा बढी रकम हिनामिना गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी पशुपति सहकारीका पनि अध्यक्ष हुन् ।
