धुलिखेल समाज काठमाडौंको १४ औ साधारण सभा सनिवार कार्यालयको सभा हलमा समपन्न भयो ।समाजका संरक्षण समितिका सदस्य गणेशलाल तुसुजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतत्व समाजका अध्यक्ष देब मन्दिल खोजु श्रेष्ठले गर्नु भएको थियोे । समाजका दुतिय उपाध्यक्ष दिल सुन्दर टक्सारी श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । महासचिव गयानाथ माकजु श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अन्जनी कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । माकजु समाजका अध्यक्ष जीवन काजी माकजुले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
