समाजसेवी हरिभक्त भोछिभोयालाई छत्रबहादुर मुस्याजु स्मृति पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । छत्रबहादुर मुस्याजुको ८७ औं जन्म दिनको दिन ११ औं स्मृतिमा समाजसेवी भोछिभोयालाई २५ हजार पुरस्कार सहित सम्मान गरिएको हो । बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष हिटलर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा वडा नं ५ का अध्यक्ष बलराम अधिकारी अतिथि हुनुहुन्थ्यो । आफ्नै घरपरिवारबाट छत्रबहादुर स्मृति प्रतिष्ठान दर्ता गरी बुबाको स्मृतिमा हरेक वर्ष समाजमा योगदान गर्नेहरुलाई सम्मान गर्दै आएको कुरा निर्मला मुस्याजुले बताउनुभयो । राजन मुस्याजु, निर्मल मुस्याजु, सिर्मल मुस्याजु, किरण देवी कायस्ठ र निरन श्रेष्ठको सहभागीता रहेको थियो । ५१ हजारको कोष रहेको प्रतिष्ठानमा बनेपा वडा नं ७ का अध्यक्ष हिटलर शाक्यले १० हजार रकम सहयोग गर्नुभएको थियो । साँस्कृतिक संस्कार र कर्म काण्डहरुको सवालमा समावेस गरेको सम्राट पुस्तक अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको कुरा निर्मल मुस्याजुले बताउनुभयो । हरिभक्त भोछिभोया प्रतिष्ठानका अध्यक्ष, प्रतिभा सम्मान प्रबन्ध गुठिका अध्यक्ष, समाज सेवा गर्नु भएको व्यक्तित्व, नेपाल हृदय रोग निवारण काभे्रका अध्यक्ष हुनुहुन्छ ।
