बुद्ध जयन्ती समारोह समिति बनेपा काभे्रले २५६८ औं बुद्ध जयन्तीको अवसरमा विहिबार बुद्ध प्रतिमा शोभा यात्रा गरी बनेपा नगर परिक्रमा गरी मनाएको छ । बनेपाका ज्ञानमाला भजनका विद्यार्थीहरु, शिक्षकहरु, संघ संस्था, जनप्रतिनिधिहरु, भजन मण्डल बाँसुरी भजनका टिम सहितको टोली, धर्म पे्रमी, श्रद्धालु, उपासक, उपासिका र सञ्चारकर्मीहरुको सहभागीतामा बुद्धको प्रतिमा सहितको शोभायात्रा गरिएको टंक मानन्धरले जानकारी दिनुभयो । बोधिचार्य विहारमा औपचारीक कार्यक्रम गरिएको थियो । नेपालका आठौं संघनायक श्रद्धेय भन्टे बोधिसेन महास्थाविरले पञ्चशिल, अष्टशिल, एवं पुन्यानुमोहन तथा श्रद्धेय मेघंकर महास्थविरले बुद्ध पूजा गर्नुभएको थियो । श्रद्धेय राहुल महास्थाविरले धर्मदेशना गर्नुभएको थियो । समितिका अध्यक्ष धर्मलाल मानन्धरले स्वागत मन्तव्य दिनुभएको सभामा निवर्तमान अध्यक्ष बुद्धभक्त रंजितले धन्यवाद ज्ञापन गर्नुभएको थियो । खिरदाता कृष्णभक्त सुवाल, रामकेशरी सुवाल र कृष्ण लक्ष्मी सुवाललाई कदर पत्र प्रदान गरिएको थियो । सचिव तेजप्रसाद मानन्धरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
