IMG-LOGO

भकुण्डेमा बिन्धवासिनीको सदस्य शिक्षा कार्यक्रम

 मंगल, जेठ १५, २०८१  ---

 

     भकुण्डे । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि भकुण्डे सेवा कार्यालयले आफ्ना सदस्यहरुलाई नियमित सहकारी शिक्षा दिने क्रममा आइतबार नमोबुद्ध नपा वडा न. ८ को सार्केडोलमा सदस्य विस्तारित भेला तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संचालक सदस्य प्रकाशबहादुर कायस्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्यहरुलाई सहकारी, बिन्धवासिनी सहकारीको नीति नीयम तथा कार्यक्रमहरु, संस्थाले प्रदान गर्दै आएको सेवा सुविधा, आधुनिक प्रविधिको प्रयोग, साधारण सभा तथा अन्य कार्यक्रमहरुमा सदस्यहरुको भुमिका, वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका विकृती र चुनौती आदीका बारेमा कार्यालय व्यबस्थापक राजेन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । काभ्रे जिल्लामा स्थापना भई नेपालको सहकारी क्षेत्रमा छुट्टै.पहिचान बनाउन सफल राष्ट्रिय र अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार पाउन सफल भएको विन्धबासिनी सहकारी संस्थाले हाल ५४ हजार छ सय २४ जना शेयर सदस्य, १० हजार सात सय ४३ बालबचत कर्ता गरी कुल ६५ हजार तीन सय ६७ जनालाई सेवा दिई ५२ करोड छ लाख ७६ हजार शेयर पूँजी, तीन अर्व ५८ करोड ८८ लाख वचत संकलन, तीन अर्व ५७ करोड दूई लाख ऋण लगानीमा तथा जगेडा तथा अन्य कोषमा गरि ५९ करोड ११ लाख ६३ हजार जम्मा गर्न सफल भई चार अर्व ९९ करोड १४ लाख ७७ हजार कुल सम्पत्ति पु¥याउन सकेको प्रगति विवरण कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा भकुण्डे सेवा कार्यालय व्यबस्थापन उप समितिका संयोजक श्यामकृष्ण श्रेष्ठ, सचिव रामशरण श्रेष्ठ, पूर्व व्यबस्थापन उप समितिका सदस्य राममणी हुमागाईले संस्थाको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने सदस्यहरुबाट उठेका प्रश्न र जिज्ञासालाई संचालक सदस्य प्रकाशबहादुर कायस्थले सम्बोधन गर्नु भएको थियो । भकुण्डे सेवा कार्यालयले आफ्नो क्षेत्रमा नियमित रुपमा सदस्य केन्द्रित कार्यक्रम गर्दै  आएको कार्यक्रममा जानकारी दिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्