IMG-LOGO

धुलिखेल—खावा सडक–खण्ड कालापत्रे हुँदै

 मंगल, जेठ १५, २०८१  ---

     विगत लामो समयदेखि निर्माण हुन नसकेको अरनिको राजमार्गको धुलिखेल खावा सडक खण्डको ३ किमी आगामी असार १८ गते भित्र कालोपत्रे गर्नेगरी कार्य प्रारम्भ भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । धुलिखेलमा अयोजित सर्वपक्षिय भेलामा सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मिरासीनिले निर्माण कम्पनी गौरी पार्वतीले सडक निर्माणका लागि व्यवस्थापन समूह परिवर्तन गरी कार्य योजना अनुरुप कार्य अघि बढाएकाले असार १८ गते भित्र २ किमि ५ मिटर देखी ३ किमी सम्म कालोपत्रे गर्न सकिने बताए । उक्त सडक निर्माणका लागि आवश्यक पर्ने अन्य व्यवस्थापकीय पक्ष सहजीकरण गर्न जिल्ला समन्वय समिति काभे्रको  आयोजनामा सर्वपक्षीय भेला आयोजना गरेको थियो । चार किमी सडक मध्ये ३ किमी असार १८ भित्र सक्ने गरी वेस राख्ने कार्यका लागि एक सातासम्म प्रत्येक दिन ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरिएको थियो । तत्कालका लागि जेठ ८ र ९ गते विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने र निर्माण व्यवसायीको कामको गति अनुसार सडकलाई वैकल्पिक मार्ग अर्था एक तर्फी रुmपमा संचालन गरी निर्माण कार्यलाई तिव्रता दिने निश्कर्ष बैठकले गरेको जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतमले बताए ।

     छलफलमा समन्वय समिति प्रमुख दिपक कुमार गौतम, उप प्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, उपप्रमुख सुर्यमाया दनुवार, सुरक्षा निकयका प्रमुखह, राजनितिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिह, यातायात व्यवसायीहरु, निर्माण व्यवसायीहरु, स्थानीय तथा सरोकारवाला निकायका प्रतिनिधिककरुको सहभागिता रहेको थियो । धेरै पटक म्याद थप गरे पनि काम नगरेकाले नागरिक आक्रोसित भई बाटो समेत बन्द गर्ने अवस्था सृजना हुनु ठेकेदार कम्पनीले चरम लापरवाही गरेको बताएका थिए

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्