IMG-LOGO

बैंक तथा वित्तिय सहकारी युनियन गठन

 मंगल, जेठ १५, २०८१  ---

 

 

     आइतबार काभ्रेपलाञ्चोक जिल्लामा बैंक तथा वित्तिय सहकारी युनियन गठन गरिएको छ । बैंक तथा वित्तिय सहकारी युनियन केन्द्रिय महासचिव भैरव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त भेलाले बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेको अध्यक्षमा सन्तोष दाहाल, उपाध्यक्षमा राजाराम घोरसाइने, सचिव सुन्दर गौतम उप सचिव सरोज मानन्धर त्यसैगरि सदस्यहरुमा प्रमोद कुमार काफ्ले, रुपेश तिमल्सिना, अमित पराजुली लाई चयन गरेको छ । कार्यक्रममा एमाले नेता निर्मल त्रिपाटी, सागर रायमाझि लगायतको उपस्थिती रहेको थियो । सहकारी तथा बैक क्षेत्रका कर्मचारीको मनोबल उच्च राख्न युनियन गठन गरिएको जानकारी अध्यक्ष सन्तोष दाहाल दिनुभयो । बैंक तथा वित्तिय संस्था, बिमा लगायतका  कर्मचारी हक हितका विषयमा अब सशक्त रुपमा अगाडी बढ्ने मात्र नभई आर्थिक मन्दिको असर तल्लो तहका कर्मचारी लगायत सबैमा परेकोले यो समयमा कर्मचारीको  सामाजिक सुरक्षा अब चुनौतीको रुपमा देखिएको कुरा मध्यनजर गर्दै संगठन विस्तार गर्दै गरिएको सबै तह तप्काका कर्मचारीलाई जोडिएर सामाजिक न्यायको अभियानमा गोलबन्द्ध हुन आह्वान उपाध्यक्ष राजाराम घोरसाइनेले जनाउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्