IMG-LOGO

वहल्टारेश्वर मन्दिर संरक्षणका लागि समिति

 मंगल, जेठ १५, २०८१  वहल्टारेश्वर मन्दिर संरक्षणका लागि समिति

     धुलिखेल—८ बडालगाउँ स्थित बहल्टारेश्वर मन्दिर संरक्षणका लागि शनिबार एक भेलाको आयोजना गरि सम्पन्न गरिएको छ । मन्दिर निर्माणका लागि जग्गा दान गर्नुहुने तिर्थ प्रसाद बडालको अध्यक्षता, धुलिखेल वडा नं ८ का वडा अध्यक्ष विनोद गौतमको आतिथ्यतामा वडावासीहरुको भेला भएको हो । पण्डित रामहरी बडाल र सुदर्शन बडाल अतिथि हुनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा गैर सरकारी संघ संस्था ऐन २०३४ अनुसार दर्ताको लागि रामहरी बडालको संयोजकत्वमा ११ सदस्य वहल्टारेश्वर मन्दिर संरक्षण तदर्थ समिति गठन गरेको छ । उपाध्यक्ष अच्यूद प्रसाद बडाल, सचिव गणेश प्रसाद बडाल, कोषाध्यक्ष पार्वती केसी, सहसचिव शुकदेव बडाल, सदस्यहरु ललित बडाल, खिलकुमारी खड्का, पुरुषोतम बडाल, कृष्णबहादुर भूजेल, विनोद गौतम रहनुभएको छ । साधुराम बडालको संयोजकत्वमा ७ सदसीय सल्लाहकार समिति गठन गरेको छ ।उद्धव प्रसाद बडाल, विष्णुहरी बडाल, रमेश प्रसाद न्यौपाने, हरिप्रसाद हुमागाई, नवराज बडाल, चोलाबहादुर गौतम र पण्डित पुरुषोतम बडाल  रहनुभएको छ । उक्त मन्दिर निर्माणका लागि जनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेको संयोजकत्वमा श्रीमाद् भागवत महायज्ञ सम्पन्न गरी करीब ६२ लाख रकम संकलन गरिएको थियो । मन्दिर निर्माणका लागि स्थानीय तिर्थ (गोपाल) बडालबाट ३ आना जग्गा दान गर्ने घोषणा भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्