IMG-LOGO

निःशुल्क योग शिविर

 मंगल, जेठ १५, २०८१  ---

    पतंजलि योग समिती काभ्रे महिला पतंजलि योग समिती काभ्रे र पतंजलि योग युवा नेपाल काभ्रेको आयोजनामा यही जेष्ठ १३ गते देखि १७ गते सम्म संचालन हुने वृहत निःशुल्क योग विज्ञान शिविरको बनेपा नगरका प्रमुख शान्ति रत्न शाक्यले पानसमा दिप प्रज्वलित गरि समुद्घाटन गर्नु भयो । केन्द्रिय महिला प्रभारी पुज्या साध्वी देवादितिबाट सहभागी योग साधक साधिका लगायत उपस्थित महानुभावहरुलाई योग दर्शन बारे प्रवचन  र योग अभ्यास गरिएको कार्यक्रममा पतंजलि योग समिती केन्द्रिय सदस्य हिरा अधिकारी बनेपा नगरका वडाध्यक्षहरु बलराम अधिकारी, शुभलक्ष्मी मानन्धर, हिटलर शाक्य, का. वा. वडाध्यक्ष मनिषा बडाल, बागमती प्रदेश पदाधिकारीहरु लगायत काभ्रे जिल्ला भरीका योग साधना केन्द्रका योग साधिकाहरु उपस्थित रहेको कार्यक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गर्नु भएको थियो भने स्वागत् मन्तव्य महिला पतंजली योग समिती काभ्रेका अध्यक्ष इन्दिरा तौजलेले गर्नु भएको उद्घाटन कार्यक्रमको उद्घोषण महामन्त्री श्यामकुमार श्रेष्ठले गर्नु भएको कार्यक्रममा उल्लेखित जनमानसको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्