IMG-LOGO

भुम्लु गाउँपालिकाको सार्वजनिक सुनुवाई

 मंगल, जेठ १५, २०८१  ---

     भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० देखि २०८० ÷०८१  को सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकामा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन, तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो । सबै वडाको वार्षिक प्रदिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

     प्रमुख प्रशासकिय अधिकृत सुर्दशन भट्ठराइले सार्वजनिक गरेको क्रममा आम नागरिकको गुनासो सुन्ने, सामाधानका विषयमा छलफल हुने हुँदा यसको महत्व विशिष्ट रहेको बताउँदै वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा उपस्थित नागरिक, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

     गाउँपालिका तथा वडागत मार्फत सम्पन्न भएका काम कारबाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्बन्धित प्रश्नको बारेमा गाउँपालिका अध्यक्ष प्रमबहादुर भुजेल, उपाध्यक्ष  जितेन्द्रमान तामाङ र सम्बन्धित वडा अध्यक्षहरुले आ आफ्नो धारण्मम राख्नुभएको थियो । गाउँपालिका तथा वा कार्यालयहरुको बिचमा नागरिकको सम्बन्ध र सम्वाद स्थापित गर्न र उक्त सम्बन्धको माध्यमबाट नगरपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेवारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजनिक सुनुवाईको आयोजना गरिएको उपाध्यक्ष जितेद्रमान तामाङले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्