महाभारत गाउँपालिका सुन्य बेरुजु
महालेखापरिक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९÷०८० को महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आईतबार महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । प्रतिवेदन अनुसार महाभारत गाउँपालिकापछि पनौती नगरपालिका कम बेरुजुमा परेको छ भने रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । महाभारत गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरिक्षण गरेकोमा बेरुजु शून्य रहेको छ । त्यसैगरी पनौती नगरपालिकाले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव १६ प्रतिशत अर्थात ४२ लाख ४ हजार बेरुजु रहेको छ । त्यस्तै कम बेरुजुमा तेस्रो रहेको रोशी गाउँपालिकाले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव २२ प्रतिशत अर्थात ४० लाख ७७ हजार बेरुजु रहेको छ । काभ्रेको स्थानीय तहहरूमा सबै भन्दा बढी बेरुजु भूम्लु गाउँपालिको रहेको छ । जसको आर्थिक बर्ष २०७९÷०८० मा एक अर्ब २० करोड ६९ लाख ४ हजारको लेखापरिक्षण गरेकोमा ४ दशमलव २३ प्रतिशत अर्थात ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ ।
नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० मा एक अर्ब ५६ करोड ८८ लाख ९० हजारको लेखापरिक्षण गरेकोमा ३ दशमलव २६ प्रतिशत अर्थात ५ करोड ११ लाख ६९ हजार बेरुजु रहेको छ । त्यस्तै पाँचखाल नगरपालिकाको एक अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ९९ प्रतिशत अर्थात ३ करोड ६९ लाख ४३ हजार, चौरीदेउरालीको एक अर्ब १ करोड ८३ लाख ८१ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ७९ अर्थात १ करोड ८२ लाख ७३ हजार, धुलिखेल नगरपालिकाको एक अर्ब ६३ करोड ४५ लाख ४० हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ६३ प्रतिशत अर्थात २ करोड ६६ लाख ८८ हजार, मण्डनदेउपुर नगरपालिकाको १ अर्ब ६७ करोड १७ लाख ९९ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ४२ प्रतिशत अर्थात २ करोड ९ लाख ७३ हजार, बेथानचोक गाउँपालिकाको एक अर्ब ४२ करोड २७ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव २१ अर्थात १ करोड ७१ लाख ८४ हजार, खानीखोला गाउँ पालिकाको ८९ करोड ८६ लाख ३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव १९ प्रतिशत अर्थात ७ लाख ८ हजार, बनेपा नगरपालिकाको २ अर्ब ४२ करोड ३७ लाख ९३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ०२ प्रतिशत अर्थात २ करोड ४७ लाख २५ हजार र तेमाल गाउँपालिकाको १ अर्ब २६ करोड २५ लाख ७ हजारको लेखापरिक्षण गरेकोमा शुन्य दशमलव ६६ प्रतिशत अर्थात ८३ लाख ४५ हजार बेरुजु रहेको छ ।
काभे्र बहुमुखी क्याम्पस बनेपाको आइतबार भएको भेलाले लम्बोधर कायस्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । सदस्यहरु मोहन दुवाल, राजाराम धौभडेल, कृष्णबुद्ध बजागाई, कृपेन्द्र श्रेष्ठ, राजु सरकार र महिला सदस्य अर्चना हाडा रहनुभएको छ । सञ्चालक समितिको निर्वाचनमा तोकिएको म्याद भित्र कसैको दावी विरोध नपरेकाले निर्विरोध निर्वाचित घोषणा गरिएको कुरा क्याम्पस प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत के.जी. वैदारले जानकारी दिनुभयो ।
