चण्डेश्वरी जात्राको रथ यात्राका क्रममा दुई पक्ष युवा बीच झगडा हुँदा रथको चुकुलले सुरज खड्की (बनेपा–९, वर्ष २४)ले सुविन मानन्धर वर्ष २२ लाई टाउकोमा हान्दा सुविन मम्भीर घाइते भए । शिर मेमोरियल अस्पतालको रिफर पछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर, भेन्टीलेटरमा उपचार गराइरहेका सुविनको अहिले सम्म होस आएको छैन । उनको अवश्था गम्भीर छ यता इलाका प्रहरी कार्यालय बनेपाले खड्कीलाई बनेपाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
