अनेरास्ववियु काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेलाई स्वास्थ्य सामाग्री र नगद १५ हजार सहयोग उपलब्ध गराएको छ ।
हिजो महासंघ काभ्रेको कार्यालयमै गई कोरोना कहरमा अग्र भागमा खटिने सञ्चारकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी एकाले (माधव पक्ष) का जिल्ला सचिव दिपक गौतम, अनेरास्ववियू केन्द्रीय सचिव भेषराज शाहले स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, उपाध्यक्ष विनोदकुमार न्यौपाने, सचिव कपिल कोइरालालाई हस्तान्तरण गर्नुभयो ।
महासंघ काभ्रे शाखाले पनि विपद् राहत कोष स्थापना गरेको छ । महासंघ काभ्रेको अध्यक्ष बद्रीराज तिमल्सिनाले उक्त कोषमा रु. १० हजार राखेसँगै विपद् कोषको थालनी भएको छ । अनेरास्ववियू काभ्रेले ७ सय थान मास्क, एक सय थान सेनिटाइजर, ५० थान फेस शिल्ड उपलब्ध गराएको छ ।
