IMG-LOGO

विद्यार्थीलाई तथ्याङ्क संकलन तालिम

 मंगल, जेठ ८, २०८१  ---

 

          विश्वविद्यालय अनुदान आयोगको सहयोग एवं सर्पोट तथा तेजगंगा बहुमुखी क्याम्पसद्धारा आयोजित क्याम्पसका प्राध्यापक, रिसर्च गरिरहेको विद्यार्थीहरुका लागि ३ दिने डेटा कलेक्सन एनलाइसीस तालिम जेष्ठ ४, ५ र ६ गते सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेनेजमेन्टका एसोसिएट डिन डा. खगेन्द्र आचार्यको प्रमुख प्रशिक्षण रहेको कार्यक्रमका प्ग्क्इभ्म्  का सहायक डा. भरत प्रसाद न्यौपाने, प्ग् क्अजयय िइा क्अष्भलअभ का सहायक प्राध्यापक नारायण निरौला, विषयका विविध पक्षहरुमा सहभागिहरुलाई तालिम प्रदान गर्नुभएको थियो । काभे्र जिल्लाका विभिन्न ६ वटा क्याम्पसका ३० जना प्राध्यापक एवं विद्यार्थीहरु सहागी उक्त कार्यक्रमको शुभारम्भ क्याम्पसका प्रमुख डा. अम्बुभवानी कार्कीले गर्नुभएको थियो । क्याम्पस आ.र एम.सी संयोजक एवं असिस्टेन्ट चिफ मुक्तिनारायण काफ्लेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन क्यम्पस सहायक प्रमुख डा. भीमसेन केसीले गर्नुभएको थियो। कार्यक्रममा डा. राममणी सापकोटा एवं रमिता देउजाले यस्ता प्रकारको कार्यक्रम पछिल्लो समयमा विकसित भएको रिसर्च सँग सम्बन्धित पठन पाठनका लागि अत्यन्त्यै फलदायी रहेको उल्ल्ेख गर्नुभयो । कार्यक्रममा क्याम्पस संचालक समिति उपाध्यक्ष राजाराम सैंजु, सदस्य नारायण पाण्डे एवं क्यम्पस सभा सदस्य तथा म्ष्बmयलम ज्ष्िि च्भकयचत पनौतीका प्रोपाईटर राजन थापाको समेत सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्