IMG-LOGO

अमर ज्योती युवा क्लव खानीखोलाले हात पा¥यो पालिका स्तर भलिबल उपाधी

 बुध, जेठ ९, २०८१  ---

 

          अमर ज्योती युवा क्लब खानीखोलाले चौथो गौखुरेश्वर युवा क्लब भलिबल कप २०८१ उपाधी हाँसील गरेको छ । बेथानचोक गाउँपालिका र अमरज्योती युवा क्लब बीच भएको खेलमा अमर ज्योती युवा क्लबले बाजी मारेको हो । त्यस्तै फाइनल भलिबल खेलमा बेथानचोक गाउँपालिका दोश्रो, त्यसैगरी दलिनचोक भलिबल क्लब र काकाज भलिबल गु्रप बनेपा सान्तोनाबाट पुरस्कृत भएका छन् ।

          बेस्ट प्लेयर अमर ज्योती युवा क्लबका उमेश रानामगर, बेस्ट सेटर अमर ज्योती क्लब कै राज आलेमगर रहेका छन् । त्यस्तै बेस्ट लिब्रोमा बेथानचोक गाउँपालिका सुन बहादुर मोक्तान, बेस्ट स्काइपरमा बेथानचोकका महेश स्याङताङ रहेको कुरा न्यू गौखुरेश्वर युवा क्लबका कोषाध्यक्ष कृष्णराम देवजुले जानकारी दिनुभयो ।

          चौथौ न्यू गौखुरेश्वर भलिबल कप काभ्रे जिल्लाव्यापी पुरुष भलिबल प्रतियोगिता २०८१ को समापन समारोहणमा आइतबार प्रमुख अतिथी काभ्रेपलान्चोक जिल्लाका समन्वन प्रमुख दिपक कुमार गौतम ,बिशेष अतिथी काभ्रेपलान्चोक जिल्ला समन्वन उप प्रमुख रिम बहादुर तामाङ, बिशेष अतिथी नेपाली कांग्रेस काभ्रे जिल्लाका उप सभापती रमेश प्रसाद हुमागाई, कल्बका अध्यक्ष  शुशील  कुमार मानन्धर  ,खेल संयोजक भज राम जंगम, अतिथिहरुमा धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगम  बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना बिन्धबासी साकोसका उपाध्यक्ष रामहरी शर्मा, धु न पा वडा न ४ का वडा अध्यक्ष उतम तिमल्सिना, धुलिखेल नगरपालिका वडा न ४ का वडा सदस्य  कुमार थापा, कल्बका सल्लाहकार दिपेन्द्र देवजू, कल्बका पूर्ब खेलडी विष्णु लाल तुसुजु ,बिनायक श्रेष्ठ, काभ्रे  जिल्लाका पुर्ब भलिबल खेलाडी रबिन्द्र कर्माचार्य र माधब श्रेष्ठ, नेपाल लेखापढी कानुन एसोसियसन काभ्रेका अध्यक्ष रोशन श्रेष्ठ, धुलिखेल नगरपालिका  वडा न ७ का वडा सदस्य मनिष लाल माकजु श्रेष्ठ ,खानिखोला गा पा वडा न ७ का वडा अध्यक्ष  राम मोक्तान  नेपाली काग्रेस धुलिखेल नगर काय समिति सचीव सुरज श्रेष्ठ ,जित कृष्ण घिनानजू ,राम कृष्ण पोखरेल ,काभ्रे टाइम्स पत्रीकाका कार्यकारी सम्पादक रमेश न्यौपाने, भलिबलका राष्ट्रिय रेफ्री हरिनारायण श्रेष्ठ   कल्बका राजु मणि जंगम लगायतको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्