IMG-LOGO

वातावरण मैत्री कपडाको झोला व्याग बनाउने तालिम सम्पन्न

 मंगल, जेठ ८, २०८१  ---

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य÷सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ देखी जेष्ठ ३ गते सम्म संचालित १० दिने निःशुल्क वातावरणमैत्री झोला व्याग बनाउने तालिम समापन भएको छ । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख यज्ञ बहादुर ओलीको सभापतीत्व तथा बनेपा वडा ४ का वडा अध्यक्ष श्याम शुन्दर श्रेष्ठको प्रमुख अतिथि तथा यस संस्थाका प्रमुख सल्लाहकार बिकास बादेको बिषेश आथित्यतामा सो समापन कार्यक्रम सम्पन्न भएको थियो । यस संस्थाका प्रमुख सल्लाहकार बिकास बादेले मन्तव्य राख्नु भएको थियो । संस्थामा आबद्ध शेयर सदस्यहरुको शिप बिकास गरि उद्यमशिलता तर्फ बढन तथा जिवनस्तर बिकास गर्ने उद्धेश्यका साथ सो तालिम कार्यक्रमको संचालन भएको थियो । तालिममा सहभागी १५ जनाद्वारा निर्मीत विभिन्न वातावरण मैत्री कपडाको झोला व्यागहरु प्रद्र्धशनीमा राखी समापन कार्यक्रम संचालन भएको थियो । संस्थाका सल्लाहकार विकास वादेले सहभागीद्वारा बनाईका सामानको बजारिकरणका लागि पनि संस्थाबाट सहयोग गरिने कुरा बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्