काठमाडौं, जेठ ५ गते । युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधी बाराका कृष्णकुमार खाँले उचालेका छन् । उनले उपाधिसँगै ट्रफि र नगद २० हजार हात पारे । शनिबार सम्पन्न नौ चरणको खेलमा समान ८ अंक भएपनि टाइब्रेकमा मोरंगका लोकसागर साम्बा दोश्रो र पाँचथरका रिसोन थापा तेश्रो भए । उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार हात पारे । दुई दिने प्रतियोगिताको महिलातर्फ काठमाडौंकी एन्जेल महर्जन प्रथम र सिन्दिरा जोशी दोश्रो भइन ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रम संयोजक डा. मोहनसिंह प्रधान, नेपाल चेसका अग्रज सीताराम अग्रवाल, फिडे ट्रेनर केशव श्रेष्ठ लगायतले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । अन्नपूर्ण मा.बि.मा संचालित प्रतियोगिताका उत्कृष्ठ २६ जना खेलाडीहरुको लागि कुल १ लाख १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
नेपालका ७७ वटै जिल्लाका खेलाडीहरुको सहभागिता गराउने ध्येयका साथ आयोजना गरिएको प्रतियोगितामा ५० जिल्लाका १८५ जना खेलाडीहरु सहभागी सहभागी थियो ।
