IMG-LOGO

मोटरसाइकल चोरी गर्ने गर्जन पक्राउ

 मंगल, जेठ ८, २०८१  ---

 

मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले बनेपा न.पा वडा नं. ०७ स्थित बनेपा पनौती सडक खण्डबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला  खाडादेवी गाँउपालिका  वडा नं. १ बस्ने बर्ष ३६ को गर्जन दियाली रहेका छन् । बुधबार बिहान ०३ः०० बजेको समयमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा वडा नं. ०७ स्थित बनेपा पनौती सडक खण्डमा बिना हेल्मेट मोटरसाईकल डोर्याएर हिडीरहेको अवस्थामा दियालीलाई फेला पारेको थियो ।  चेक जाँच तथा सोधपुछ गर्दा निजले उक्त मोटरसाईकल धनेश्वर मन्दिर परिसरबाट चोरी गरी ल्याएको भनि बताए पश्चात तत्काल दियाली र मोटरसाईकल बा. ४६ प.३३६ नं. को १५० सि.सि. को निलो रङको बजाज कम्पनिको पल्सर मोटरसाईकल नियन्त्रणमा लिई  अनुसन्धान प्रक्रिया अघि बढाएको इलाका प्रहरी बनेपाले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्