IMG-LOGO

रुखमा तारले बाँधी हत्या गरेको शव दोलखा भिमेश्वरका विष्णुको भएको पुष्टि

 मंगल, जेठ ८, २०८१  ---

          काभ्रेमा रूखमा तारले बाँधेर जलाई हत्या गरिएका शवको पहिचान खुलेको छ । १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका– २ का विष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको हो । गत वैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरबाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।शुक्रबार जिरो किलोस्थित मेलम्ची–जिरो किलो सडक खण्डबाट करिब ५० मिटर तल बिरोजे खोल्चा जंगलमा एक पुरुषको शव फेला परेको थियो । मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको अवस्थामा शव फेला परेको थियो । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारले बताएका छन् ।धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लो पट्टिको ६ वटा र माथिल्लो पट्टीको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँतसमेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्