IMG-LOGO

“ठाँगु रिन्पोचे एकेडेमिया इन्डस्ट्री ब्लक” निर्माणको लागि केयू र ठाँगु भज्रयना बुद्धिष्ट सेन्टर–हङकङको सहकार्य

 मंगल, जेठ ८, २०८१  ---

 

          काठमाडौं, नेपाले – काठमाडौं विश्वविद्यालय (केयू) र हङकङमा संस्थापित ठाँगु भज्रयना बुद्धिष्ट सेन्टर (त्जचबलनग ख्बवचबथबलब द्यगममजष्कत ऋभलतभच–ज्यलन प्यलन) बीच “ठाँगु रिन्पोचे एकेडेमिया इन्डस्ट्री ब्लक” (त्जचबलनग च्ष्लउयअजभ ब्अबमझष्ब क्ष्लमगकतचथ द्ययिअप) स्थापना गर्न आधिकारिक रूपमा सम्झौता भएको छ । उक्त सम्झौतामा केयूको तर्फबाट उपकुलपति प्रा. डा. भोला थापा र प्राज्ञिक औद्योगिक सहकार्यका संयोजक डा. राम लामा तथा ठाँगु भज्रयना बुद्धिष्ट सेन्टरको तर्फबाट निर्देशक खेनपो दावा छिरिङ लामा र नमो बुद्ध बुद्धिष्ट मेडिटेशन एण्ड एजुकेशनल सेन्टर (ल्बmय द्यगममजब द्यगममजष्कत ःभमष्तबतष्यल बलम भ्मगअबतष्यलब िऋभलतचभ)का अध्यक्ष चोजे लामा वाङचुक टोपदेनले हस्ताक्षर गर्नु भएको छ ।

          नमो बुद्ध बुद्धिष्ट मेडिटेशन एण्ड एजुकेशनल सेन्टर सँगको समन्वयमा हङकङ लगायत विश्वभरका ठाँगु सेन्टरहरूले केयूलाई अनुदान प्रदान गरेर आदरणीय खेन्चेन ठाँगु रिन्पोचेको योगदान र दूरदर्शि आदर्शहरुको प्रतिकको रुपमा भवन निर्माण गर्नको लागि यो सम्झौता भएको हो। भवनको माथिल्लो तल्ला र छाना गुम्बा शैलिको वास्तुकलामा हुनेछ र विश्वभरका ठाँगु सेन्टरहरूले ध्यान लगायत बौद्ध शिक्षाका लागि विशेष रूपमा प्रयोग गर्नेछन्। यसमा बौद्ध परामर्श केन्द्र, पुस्तकालय, सङ्ग्रहालय, बुद्ध र आदरणीय ठाँगु रिन्पोचेका मूर्तिहरू पनि समावेश हुनेछन् ।

          यस सहकार्यले प्राज्ञिक, औद्योगिक र सरकारी निकाय बिच सहयोगलाई बढावा दिने, साथै औपचारिक बौद्ध अध्ययनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । केयूले विश्वविद्यालयका विचार र आविष्कारलाई समुदायमा प्रस्तुत गर्ने तथा औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि सहकार्य गर्ने उद्देश्यले “क्याम्पस देखि समुदायसम्म (ाचयm अबmउगक तय अयmmगलष्तथ)” अभियान प्रारम्भ गरेकोमा यस अभियानलाई सफल बनाउन, उपकुलपतिको कार्यालय अन्तर्गत हुने गरी अनुसन्धान, नविनता, सीप हस्तान्तरण तथा रोजगारीका अवसरहरु सिर्जना गर्ने कार्यहरु सञ्चालन गर्नका लागि “प्राज्ञिक औद्योगिक सहकार्य, केयू” स्थापना भएकोमा यस अन्तर्गत हुने गतिविधिहरु सञ्चालन गर्नका लागि उक्त भवनको प्रयोग हुने जनाएको छ । 

          प्राज्ञिक औद्योगिक सहकार्य, केयूको पहलमा भएको यो साझेदारीले प्राज्ञिक तथा औद्योगिक क्षेत्रमा सहकार्यको वातावरण सिर्जना गर्न र बौद्ध अध्ययनलाई प्रवर्द्धन गर्न दुवै संस्थाहरूको प्रतिबद्धतालाई प्रकाश पार्ने संयोजक डा. राम लामाले व्यक्त गर्नुभयो । सम्झौता भएको मिति जेठ ४, २०८१ देखि आठ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विश्व विद्यालयले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्