IMG-LOGO

चण्डेश्वरी जात्राभर खाना महोत्सव हुने

 मंगल, जेठ ८, २०८१  ---

          मार्य चण्डेश्वरी जात्राको अवसरमा आगामी जेठ १०, ११ र १२ गते बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । काभे्र होटल तथा रेष्टुडेन्ट व्यवसायी संघ र काभे्र पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । आगामी जेठ १०, ११ र १२ गते तीन दिन रैथाने खाना हुने पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो । महोत्सवका संयोजक एवं काभे्र होटल तथा रेष्टुडेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालुले साँस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रर्वधनका लागि महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।

          करिब १५ वटा स्टलमा विभिन्न नेवारी रैथाने परिकार हुने उनको भनाई थियो । काभे्र पार्टी प्यालेस तथा  क्याटरिङ व्यवसायी संघका अध्यक्ष शिव तिमल्सिनाले बनेपाको पहिचान झल्काउने परिकारको प्रवर्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । होटल तथा रेष्टुडेन्ट व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण श्रेष्ठका अनुसार उक्त महोत्सवका लागि करिब ४ लाख बजेट आवश्यक पर्ने छ । प्रति स्टल १० हजारको दरले शुल्क उठाएर उक्त बजेट परिपुर्ति गर्ने योजना रहेको उहाँले बताउनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा २५ देखि ४० वटा स्टल हुने अनुमान गरिएको छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्