IMG-LOGO

उपभोक्ता हक हित तथा बजार समस्या बारेमा छलफल

 मंगल, जेठ ८, २०८१  ---

          जिल्ला प्रशासन कार्यालय काभे्र धुलिखेल र उद्योग तथा वाणिज्य कार्यालय काभे्रको व्यवस्थापनमा उपभोक्ता हक हित संरक्षण तथा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया बहस कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा तथा प्रमुख जिल्ल अधिकारी रुद्रा देवी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ एवं जिल्ला बजार अनुगमन समिति संयोजक सुवास पौडेलले जिल्लाका हालसम्म गरेका क्रियाकलाप र वस्तुस्थितीको बारेमा प्रकाश पार्नुभएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था, उपभोग्य वस्तुको गुणस्तर कायम बिना व्यवसायीहरुले बस्तु बिक्रि गरेमा र लेवल विना बिक्रि गरेमा ५ हजार देखि २० हजार सम्म जरीवाना कृतिम आभाव, विल विजक नराखेमा २ लाख देखि ३ लाख सम्म दण्ड जरीवाना हुने व्यवस्था भएको सवालमा जिल्ल बजार अनुगमन समितिका संयोजक पौडेलले जानकारी गराउनुभयो । जिल्ला समन्वय समिति काभे्र उप प्रमुख रिम बहादुर तामाङले मन्तव्य राख्नुभएको थियो ।

          खाद्य व्यवस्था अनुसन्धान अधिकृत मनिषा चापागाईं, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख यज्ञ वली, नापतौल तथा गुणस्तर कार्यालय र आन्तरिक राजश्व कार्यालयका तर्फबाट बजार अनुगमन ऐन र कानुनका व्यवस्था र जिल्लाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । स्थानीय तहका प्रमुख तथा उपाध्यक्षहरुले बजार अनुगमनमा गरेका कार्यहरुको बाारेमा धरणा राख्नुभएको थियो । जिप्रका काभे्रले चालु आर्थिक वर्षमा चार सय १४ वटा फर्मको अध्ययन गरी २ लाख ६ हजार २ सय २० बराबरको सामान नष्ट गरेको र २ लाख २२ हजार ५ सय बराबरको जरीवाना लिई राजश्व संकलन गरेको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्