IMG-LOGO

प्रेस युनियनले दियो संचारकर्मीलाई सेनिटाइजर र मास्क

 मंगल, बैशाख २८, २०७८  ---


नेपाल प्रेस युनियन काभ्रेले आफ्ना सदस्य र जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई कोरोना संक्रमणबाट जोगिन माक्स र सेनेटाइजर उपलव्ध गराएको छ । जोखिम मोलेर खटिने पत्रकारको सुरक्षाको लागि ती स्वास्थ्य सामाग्री उपलव्ध गराएको प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाले बताउनु भयो । युनियनका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष भोला थापा, धुलिखेलस्थित बलराम फार्मेसी सञ्चालक बलराम थापा, व्यवसायी प्रदिप बोगटी, नेपाल तरुण दल विभागका केन्द्रीय सदस्य सुधिर वैद्य, नेपाल विद्यार्थी संघ बनेपाका सभापति यशकुमार रञ्जितले माक्स र सेनिटाइजर उपलव्ध गराएका थिए । सामाग्री हस्तान्तरण गर्दै बलराम फार्मेसी धुलिखेलका सञ्चालक बलराम थापाले फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन काभ्रे शाखाका सदस्य र जिल्लामा कृयाशिल सञ्चारकर्मीको लागि औषधीमा दश प्रतिशत छुट दिने घोषणा गरे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्