महिलाहरुको नेतृत्व विकास, महिला शसक्तिकरण, महिलाहरुलाई उद्यमी, व्यवसायी बनाउने उद्देश्यका साथ गठन भएको विजीनेस एण्ड प्रोफेस्नल उमेन काभे्रले महिला वर्गलाई जागरुक बनाउँदै उद्यमी व्यवसायी बनाउन पे्ररीत गरेको कुरा संस्थाकी अध्यक्ष इश्वरी वादेले ५ औं साधारण सभाको उद्घाटनको क्रममा बताउनुभयो । काभे्र जिल्लाका स्थानीय पालिकाहरुमा महिलाहरुको अधिकार संरक्षण, महिलाहरुकै लागि स्वास्थ्य शिविर, उद्यम व्यवसाय गरी महिलाहरुको आर्थिक शसक्तिकरण गरी आत्मनिर्भर बनाउने अभियानमा लागेको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । संस्थाकी सचिव रोजीना श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुजता वैदारले आर्थिक प्रतिवेदन, प्रस्तुत गर्नु भएको थियो । उक्त ५ औं साधारण सभाले इश्वरी वादे श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्ष सरिता पलाञ्चोके, सचिव रजुला मानन्धर, कोषाध्यक्ष सुजाता वैदार, सदस्यहरु जीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रचना मानन्धर, रामेश्वरी मानन्धर, रोजीना श्रेष्ठ रहनुभएको छ । रामेश्वरी मानन्धरलाई नेतृत्व समितिको संयोजक, समिता राजवंशी पव्लिक रिलेशन समितिको संयोजक, रेसा स्याउला आइटी प्रमुख, सरला श्रेष्ठ प्रदर्शनी समिति प्रमुख, र रिसा राजथला व्यवस्थापनको प्रमुखमा रहनुभएको छ । संस्थाकी उपाध्यक्ष सरिता पलाञ्चोकेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका निर्वतमान अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्र संयोजक रमेश प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।
