IMG-LOGO

श्रमको सम्मान राष्ट्रको अभियान विषयक गोष्ठी

 मंगल, जेठ ८, २०८१  ---

          “श्रमको सम्मान राष्ट्रको अभियान” विषयक गोष्ठी धुलिखेल नगरपालिकाको हलमा सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्र धुलिखेलको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नुवाकोटको ककनी गाउँपालिकाका रोजगार संयोजक विनोद प्रसाद अधिकारीेले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत भईरहेका काम, प्रभावकारीताका सवालमा जानकारी गराउनुभएको थियो । रोजगारीको हकलाई कार्यन्वयको अतिरिक्त मुलुकभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको माध्यमबाट आर्थिक विकासमा योगदान पु¥याउने गरी उपलब्ध जनशक्तिको माध्यमबाट संघ प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रुपमा प्रधानमन्त्रीको रोजगार कार्यक्रम सञ्चालन भईरहेको उल्लेख गर्नुभयो । नगर प्रमुख अशोक व्यञ्जुले विभिन्न परिषद् मार्फत नागरिकहरुलाई सिप प्रदान गरिरहेको जानकारी दिइएको थियो ।

          कार्यक्रममा संयोजक सम्झना शर्मा नेपालले धुलिखेलले गरिरहेका काम, बेरोजगारहरुको सूचीमा दर्ता भएका व्यक्तिहरुका विवरण तथा प्राप्त बजेट र खर्चको अवस्था, ७ सय ५३ वटा पालिकालाई नमुना बनाउन गरिएका अभ्यास तथा प्रयासका बारेमा बोल्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर आर्थिक विकास समित संयोजक एवं वडा नं ११ का वडा अध्यक्ष नारायण प्रसाद बडाल, स्थानीय निर्देशक समिति सदस्य एवं वडा नं ९ का वडा अध्यक्ष बद्री प्रसाद हुमागाई, स्थानीय निर्देशक समिति सदस्य एवं वडा नं ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष गणेश आचार्य, वडा नं ८ का वडा अध्यक्ष विनोद गौतम, वडा सचिवहरु लगायत प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमीकहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्