IMG-LOGO

धुलिखेल–खावा सडक खण्ड ८ र ९ गते ४ घण्टा बन्द हुने

 मंगल, जेठ ८, २०८१  ---

          जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक हिजो बसेको सरोकारवालाहरुको बैडकले सडक डिभिजन भक्तपुर अन्तरगत निर्माणाधिन अरनिको राजमार्ग धुलिखेल खावा ४ किमी सडक खण्ड जेष्ठ ८ र ९ गते विहान ११ बजे दखि दिउँसो ३ बजे सम्म बन्द हुने भएको छ । ४ घण्टा सबै किसीमका यातायात बन्द हुने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । दमकल, एम्बुलेन्स, शववहान र सुरक्षा निकायका सवारी साधन भने सञ्चालन हुने सहायक जिल्ला प्रमुख अधिकारी सुवास पौडेलले बताउनु भयो । बैकल्पीक बाटो प्रयोग गरी पाँचखाल तर्पm जाने सवारी साधनहरु ः बनेपा चारदोबाटो रबीओपी हुँदै पाँचखाल, बीपी राजमार्ग–तीनपीपले, नगरकोट–कुन्ताबेसी–जेरो किलो सबै सवारी साधन, दोलालघाट पाँचखाल हुँदै काठमाण्डौं  जाने सवारी साधनहरु जेरो किलो–कुन्ताबेसी–नगरकोट सडक सबै, पाँचखाल–बीपी राजमार्ग साना सवारी साधनको लागि मात्र प्रयोग गर्न पाहिने छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्