चट्याङ लाग्दा धुलिखेल नगरपालिका १० सारदा बतासे स्थित दुई वटा घरमा आंशिक क्षती पुगेका छ । गत जेठ ६ गते अकास्मत चट्याङ पर्दा धुलिखेल न.पा. १० सारदा बतासे बस्ने लक्ष्मी के.सी. र २. धुलिखेल न.पा. १० सारदा बतासे बस्ने सुबर्ण के.सी.को घरमा अंशिक रुपमा क्षति भएको हो । चट्याङले लक्ष्मीको ईट्टा र सिमेन्टले बनेको ढलान गरेको पक्कि दुई तल्ले घरको छतको ढलान तीन ठाउँमा प्वाल पारेको र सुत्ने र भान्छा कोठाको गारोमा प्वाल पारेको तथा बिद्युत मिटर बक्स थान–१, फ्रिज थान–१, सिलिङ फ्यान थान–१, को क्षति भएको छ । त्यसैगरी सुर्वण केसीको ईट्टा र सिमेन्टले बनेको ढलान गरेको पक्कि एक तल्ले घरको छतमा प्वाल तथा बिद्युत मिटर बक्स थान–१, टि.भि. थान–१ क्षति भएको छ । मानबिय तथा चौपायको भने क्षति नभएको जिल्ला प्रहरी काभे्रले जनाएको छ ।
