IMG-LOGO

टिपर र मोटरसाइकल ठक्कर खाँदा दूई घाईते

 मंगल, जेठ १, २०८१  ---

    पाचँखाल नगरपालिका वडा नं.५ केराघारीमा टिफरले मोटर साईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन ।घाईते हुनेहरुमा मोटरसाईकल चालक पाँचखाल १२ बस्ने बर्ष ३० का राजकुमार दनुवार र सोही स्थानमा बस्ने ३५ वर्षीय प्रल्हाद दनुवार  रहेको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका छन् । धुलिखेल बाट पाँचखाल जाँदै गरेको बागमति प्रदेश ०१–००६ ख ३८२६ नं को टिपरले बिपरित दिशाबाट आउदै गरेको ग ९ प ८३८० नं को मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्कर दिएपछि फरार भएको टिपरलाई पाँचखाल नगरपालिका वडा न ६ तिनपिप्ले स्थीत भित्री कच्चि सडक खण्डमा  फसेको अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । टिफर चालक पाँचखाल नगरपालिका वडा न ६ बस्ने बर्ष २६ को प्रदिप रम्तेललाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्