IMG-LOGO

रुखमा बाँधीएको वेवारिसे लाश फेला

 मंगल, जेठ १, २०८१  ---

    पाँचखाल नगरपालिका – ४ स्थित एक रुखमा एक पुरुषलाई बाँधेर आगो लगाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका – ४ फेदी र जिरोकिलोको बिच भागमा पर्ने ठाउँमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।खतिवडाका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली पगेको धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्