बनेपा, एकता बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले संस्थामा आवद्ध रहनुभएका जेष्ठ सदस्यहरुलाई तिर्थाटन भ्रमण गराएको छ । एतिहासिक पर्यटकीय नगरी नमोबुद्ध बुद्ध मन्दिर र दाप्चाको भिमसेन थानमा भ्रमण गराएको कुरा संस्थाकी प्रबन्धक शर्मीला प्रधानले बताउनुभयो । २ सय २ जना जेष्ठ नागरिकहरुलाई भ्रमण गराएको कार्यक्रममा संस्थाका अध्यक्ष स्वयम काजी पोटे, सञ्चालक समिति र कार्यसमितिहरुको सहभागिता रहेको संस्थाले जनाएको छ ।
