IMG-LOGO

भन्सार छलेको सामान बरामद

 मंगल, जेठ १, २०८१  ---

    अबैध रुपमा भन्सार छलि गरी ल्याएको सामानहरु बरामद जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं. ९ काभ्रेभञ्ज्याङबाट प्रहरीले बरामद गरेको छ । बि.पि.राजमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँचको लागी खटिएको प्रहरी टोलीले रामेछाप मन्थली बाट काठमाण्डौ तर्फ सँगै आउदै गरेको बा प्र ०७–००१ ज ०००४ नं को भ्।ख्। गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छतमा बोराहरुमा कपडाहरू बरामद गरेको हो । अनलाईन बिल नभएको, कम मुल्य राखेको बिल भएको १०२ पिस धोती सारी, ४२ पिस लेहङ्गा, ४० थान पातलो जाली भित्री कपडा, १२ पिस थानको कपडा बरामद गरी भन्सार कार्यलय पठाएको काभे्र प्रहरीले जानकारी दिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्