बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडोल डांडा बस्ने रोशन श्रेष्ठले संचालन गरेको, शान फर्निचरमा आगलागि भएको छ । गत सोमबार राति अन्दाजि ११ ः ३० को समयमा विद्युत सर्ट हुन गई आगलागी भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटी गएको तथा धुलिखेल न.पा, बनेपा न.पा. र भक्तपुरबाट दमकलको सहयोगले ०५ः०० बजे आगो नियन्त्रणमा आएको काभे्र प्रहरीले जनाएको छ । उक्त फर्निचरमा दुर्य वर्ष पहिले पनि आगोलागी भएको थियो । फर्निचर संचालक शान श्रेष्ठका अनुसार फर्निचर उत्पादन गर्ने मेसिन, काठ, फर्निचर सामाग्री गरी करीब १४ करोड नोक्सानी भएको जनाए । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार फर्निचरमा आगलागी हुँदा प्रारम्भीक अनुसन्धानमा करीब १३ करोडको नोक्सानी भएको बताउनु भयो ।
