IMG-LOGO

ध्वनी प्रदुषण रोक्न ट्राफिक प्रहरीको सचेतना

 मंगल, जेठ १, २०८१  ---

    जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा मालवाहक तथा यात्रुवाहक सवारी साधन चेकजाँच गरेको छ । ध्वनि प्रदुषणले जनजीवनमा पारेको नकारात्मक प्रभाव नियन्त्रणका तथा सवारी दुर्घटना नियन्त्रणका लागि तथा सवारी साधनमा अनावश्यक जडान गरिएका प्रेसर हर्न र झिलिमिलि, फग्स लाइट तथा झल्लरका कारण हुने सवारी दुर्घटना नियन्त्रण गर्न सवारी चेकजाँच गरिएको ट्राफिक कार्यालय काभे्रले जनाएको छ । चेकजाँजको क्रममा २३० सवारीसाधनबाट प्रेसर हर्न निकालिएको ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर निकालिएको छ । पुनः जडान गरेमा यस्ता सवारी साधनको लगत राखि कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्