IMG-LOGO

बनेपा नगरप्रहरीलाई कुटपिट गर्ने चार पक्राउ

 मंगल, जेठ १, २०८१  ---

    नगर प्रहरीलाई कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं.७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर–प्रहरी बिच भएको कुटपिट झैझगडाबाट नगर प्रहरी अञ्जना थापा र चालक किशोर केसी घाईते भएका छन् । आक्रमणबाट नगरपालिकाले गाडी समेत तोडफोड गरिएको छ ।पक्राउ पर्नेमा नमोबद्ध नगपालिका वडा नं १ बस्ने २६ वर्षिय कृष्ण मानन्धर, सोहि स्थान बस्ने वर्ष ५० की राममाया मानन्धर, वर्ष ४० की रोजिना मानन्धर र बनेपा नगरपालिका वडा नं.७ बस्ने बर्ष ४० की खड्गमाया श्रेष्ठ रहेका छन् । निजहरुलाई पक्राउ गरी बनेपा नगरपालिकाको उजुरीमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरमा म्यादथप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नगरपालिकाले विहान र बेलुकाको समयमा फुटपाथ ब्यवसायीहरुलाई सडक छेउमा ब्यापार गर्न दिदै आएको छ । दिउसो पैदलयात्रीहरुलाई समेत हिड्न सकस हुने गरी ब्यवसाय गरिरहेकाहरुलाई सम्झाउँदै आए पनि उनिहरु भने अराजक शैलीमा पटक पटक नगर प्रहरी माथी खनिदै आएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्