IMG-LOGO

अनलाइन सट्टेबाजी डिजिटल करेन्सी गरेको आरोपमा मण्डन देउपुरका अनिल पक्राउ

 मंगल, जेठ १, २०८१  ---

 

        अनलाइन सट्टेबाजीमा कारोबार गरेको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले  पक्राउ गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका ढुंगाना हाल भक्तपुरको सुर्यविनायकमा बस्दै आएका थिए । अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका हुन । प्रारम्भिक अनुसन्धानमा  डिएस्पी सानुरामका अनुसार विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराराईले बताए । उनका अनुसार, बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका डिजिटल करेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको देखिन आएकोे छ । कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर ढुंगानालाई सार्वजनिक गरेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्