IMG-LOGO

एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशन जेष्ठ २८ देखि ३० सम्म हुने

 मंगल, जेठ १, २०८१  ---

        नेकपा एमाले काभ्रेपलाञ्चोकको ११ औ जिल्ला अधिबेशन आगामी जेठ २८–३० सम्म धुलिखेलमा सम्पन्न हुने भएको छ । अधिबेशनको उद्घाटन एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । १० औ अधिबेशन धुलिखेलमा सम्पन्न भएको थियो ।

        अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान अनुसार निकायहरुबाट करिव सात सय ५० प्रतिनिधिको सहभागिता रहने एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिनु भयो । प्रतिनिधिहरुको छनौट २०८१ जेठ १८ र १९ गते हुनेछ । अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन भने पार्टी धुलिखेल नगर कमिटीले जनाएको छ ।

        जिल्ला अधिवेशन भव्य र सव्य बनाउन, विकास निर्माणको चरणमा नमुना बनाउन जल्लाको पार्टी कमिटी एकतावद्ध भइ अघि बढ्ने कुरा नेकपा एमाले काभ्रे अध्यक्ष अशोक व्याञ्जुले बताउनु भयो । एमाले काभ्रेको १० औं पूर्ण बैठकले ११ औं जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरको छ ।

        जिल्ला कमिटीका अध्यक्ष अशोक व्याञ्जूको अध्यक्षतामा बनेपामा सम्पन्न बैठकमा पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा, विशेष अतिथी पार्टी पोलिटव्यूरो सदस्य तथा काभ्रेपलाञ्चोक इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा १ नं क्षेत्रीय इन्चार्ज नविना लामा, केन्द्रीय सदस्य तथा २ नं. क्षेत्रीय इन्चार्ज कपिलदेब पोखरेल, पार्टी प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्