जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर १८१०५०००३७७ आइतबार देखि संचालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संयुक्त रुपमा शुभारम्भ भएको घोषणा गर्दै सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नं संचालन गरिएको बताउनुभयो ।विहान ८ बजे देखि वेलुका ६ बजेसम्म १० घण्टा उक्त टोल फ्रि नम्बर संचालनमा रहनेछ ।
