IMG-LOGO

जिप्रका काभ्रेमा टोल फ्रि नम्बर संचालनमा

 मंगल, जेठ १, २०८१  ---

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर १८१०५०००३७७ आइतबार देखि संचालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संयुक्त रुपमा शुभारम्भ भएको घोषणा गर्दै सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नं संचालन गरिएको बताउनुभयो  ।विहान ८ बजे देखि वेलुका ६ बजेसम्म १० घण्टा उक्त टोल फ्रि नम्बर संचालनमा रहनेछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्